Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थमन्त्रीबाट राजिनामा दिएका जनार्दनलाई प्रचण्डले पार्टीको महासचिव बनाउने !

काठमाडौं । अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएर बजेटमा करका दर हेरफेर गरेको आरोप लागेपछि अर्थमन्त्रीबाट राजिनामा दिएका जनार्दन शर्मालाई माओवादी केन्द्रले महासचिव बनाउने भएको छ ।

मंगलबारको स्थायी कमिटी बैठकमा वर्षमान पुनले आफु मिलेर जान तयार रहेको बताए पछि पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले शर्मालाई महासचिव बनाउने भएका हुन् ।

जनार्दन महासचिव भएमा वर्षमान उपाध्यक्ष बन्ने पार्टीले जनाएको छ । माओवादी केन्द्रको विधानमा ५ उपाध्यक्ष पद कायम गरिएको छ ।

आज बस्ने केन्द्रीय कमिटिको बैठकमा पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव  ‘प्रचण्ड’ले ल्याउने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077