Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पानीको ड्रममा डुबेर एक बालिकाको मृत्यु

सर्लाही । आफ्नै घरको ड्रममा राखेको पानीमा डुबेर सर्लाहीको हरिवनमा एक बालिकाको मृत्यु भएको छ ।

हरिवन नगरपालिका–२, निवासी विजय महतोकी छोरी २ वर्षीया अनुषा महतोको आँगनमा खेल्ने क्रममा ड्रमको पानीमा डुबेर मृत्यु भएको हो ।

ड्रमको पानीमा डुबेर अचेत बनेकी बालिकालाई तत्काल हरिवनस्थित नमुना अस्पताल पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ ।

शव परीक्षणपश्चात आफन्तको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077