Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रामेछापमा भएको बस दुर्घटनाप्रति प्रचण्डले गरे दुःख व्यक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामेछापमा मंगलवार भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले मर्माहत बनाएको बताएका छन् । बुधवार बिहान एक ट्वीट गर्दै उनले दुर्घटनाबारे दुःख व्यक्त गरेका हुन् । ‘उक्त दुर्घटनामा परी ज्यान गुमाउनुहुने प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दैछु,’ प्रचण्डले ट्वीटरमा भनेका छन् । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077