Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज, प्रचण्डले जवाफ दिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज बस्दैछ । मंगलबार स्थगित भएको बैठक आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्न लागेको हो ।

आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रचण्डको जवाफपछि आजै बैठक सक्ने माओवादीको तयारी छ ।

यस्तै माओवादी केन्द्रभित्र पेचिलो बनेको पदाधिकारी चयनको विषयमा आजको बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।

केन्द्रीय समिति बैठकमा पदाधिकारी चयन तत्काल गरिनुपर्ने भन्दै सदस्यहरुले दवाव दिएपछि प्रचण्डले मंगलबारको बैठक स्थगित गरेर आन्तरिक छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077