Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं नगरपालिकाले इन्धन खर्च साढे ३ करोड थप गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाले इन्धन खर्च साढे ३ करोड थप गर्ने प्रस्ताव पास गरेको छ ।

मंगलबार बसेको नगर कार्यपालिकाको बजेट थपको प्रस्ताव पास भएको हो । अब यसलाई नगरसभाले अनुमोदन गर्नुपर्नेछ ।

चालु आर्थिक वर्ष २०७८/०७९ मा इन्धनका लागि १० करोड बजेट विनियोजन भएको थियो । तर चैतमै सकिएकाले तीन महिनाका लागि साढे ३ करोड थप्ने प्रस्ताव पेश भएको हो, जुन पास भएको छ । यो बजेट आन्तरिक भ्रमणतर्फ खर्च नभएको बजेटबाट रकमान्तरण गरिने छ ।

बैठकमा वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले भने इन्धनको पखत कम गर्नेबारे सोच्नुपर्ने बताए । तर प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले सीमाभित्र इन्धन खर्च भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077