काठमाडौं । आज बस्ने भनिएको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । अर्को बैठक भोली दिउँसो १ बजे बस्ने बताइएको छ ।
आजको बैठक बिहान ११ बजेबाट बस्ने कार्यक्रम थियो । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राखेका छन् ।
सोमबारको बैठकमा ४६ केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आफ्नो धारणा राखेका छन् । आजको बैठकमा अध्यक्ष प्रचण्डले जवाफ दिने र समापन गर्ने तय भएको थियो ।
यो कार्यसूची अब बुधबारका लागि सरेको छ । पार्टीको केन्द्रीय समितिको बैठक गत आइतबारदेखि जारी छ ।
Leave a Reply