Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीले साउन ४–५ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । समाजवादीको सचिवालय बैठकले जनप्रतिनिधिलाई आगामी साउन ४ र ५ गते काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको हो ।

गत ३० बैशाखमा भएको स्थानिय तहको निर्वाचनमा पार्टीका तर्फवाट विजयी जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको महासचिव बेदुराम भुषालले जानकारी दिए ।

शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शितालगायत विषयमा प्रशिक्षण बैठक सञ्चालन गर्ने निर्णय भएको उनले बताए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केन्द्रिय स्तरमा प्रशिक्षण दिए लगत्तै नेकपा एसले पनि आफ्ना जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077