Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा औपचारिक रुपमा विभाजन हुने

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा विभाजन हुने भएको छ ।

संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा पार्टी विभाजनको संघारमा पुगेको हो ।

भट्टराई र यादव यसअघि नै आपसी सहमतिमा पार्टी विभाजन गर्न सहमत भइसकेका छन् । सोही सहमतिअनुसार जसपा औपचारिक रुपमा विभाजनको घोषणा हुन लागेको हो । यादव समूहले केन्द्रीय समितिको बैठक २७ र २८ असारमा वीरगन्जमा बोलाएको छ ।

भट्टराई समूहले समेत केन्द्रीय कमिटीको विस्तारित बैठक २९ र ३० असारमा बोलाएको छ । सोही बैठकबाट जसपा औपचारिक रुपमा विभाजन हुने बताइएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077