Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । सोमबार विवेकशील साझा पार्टीको युवा संगठनले काठमाडौंको माइतीघर मण्डलामा अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो ।

मन्त्री शर्माले बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिहरुलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको भन्दै प्रदर्शन गरेको जनाएको छ ।

संगठनले जेठ १४ गते रातिको अर्थमन्त्रालयको सिसिटिभी फुटेज सार्वजनिक गर्नुपर्ने माग राखेको छ । बजेट निर्माणका क्रममा घुसपैठ भएको संगठनको भनाइ छ ।

अर्थ मन्त्रालयले बजेटको अघिल्लो दिनको सिसिटिभी फुटेज नभएको बताएपछि अर्थमन्त्रीको आलोचना हुँदै आएको छ । अहिले अर्थमन्त्री शर्माविरुद्ध सडकदेखि सदनसम्म राजिनामा आवाज उठ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077