Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टीबाट भएको मन्त्री हेरफेरको निर्णय बाबुराम पक्षले अस्वीकार गर्ने

काठमाडौं ।  जसपाका अध्यक्ष उपेन्द्र यादवले एकलौटी निर्णय गरेको भन्दै डा . बाबुराम भट्टराई पक्षले पार्टीबाट भएको मन्त्री हेरफेरको निर्णयलाई अस्वीकार गर्ने भएको छ ।

जनता समाजवादी पार्टी नेपालको भट्टराई पक्षले पार्टीबाट भएको मन्त्री हेरफेरको निर्णयलाई कार्यान्वयनमा नल्याउन आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएको हो ।

पार्टीमा आन्तरिक विवाद चलिरहेको अवस्थामा कसैसँग सल्लाह नगरी एकलौटी रुपमा तीन जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ तीन जना मन्त्री पठाउने निर्णय गलत भएको भन्दै निर्णय सच्याउनुपर्ने भट्टराई पक्षको माग छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) ले कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाई सकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077