Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रीबाट फिर्ता बोलाएको मलाई जानकारी छैन : कृषिमन्त्री यादव

काठमाडौं । जनता समाजवादी पार्टीबाट मन्त्री भएका कार्यकारिणी सदस्य तथा कृषिमन्त्री महिन्द्रराय यादवले मन्त्री फिर्ता बोलाउने निर्णय आफुलाई जानकारी नभएको बताएका छन् ।

पार्टीले कतिखेर निर्णय गर्‍यो, कतिखेर कसलाई पठायो, कसलाई फिर्ता बोलायो भन्ने आफुलाई कुनै जानकारी नभएको मन्त्री यादवले बताए ।

यस विषयमा पार्टीमा छलफल भएपछि थप कुरा बताउने मन्त्री यादवले बताए ।

मन्त्री यादव जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई निकट मानिन्छन् । उनी मन्त्री फिर्ता बोलाउन नहुने पक्षमा थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077