Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • अन्तरघातीलाई कारबाही गर्ने प्रचण्डको घोषणा

    अन्तरघातीलाई कारबाही गर्ने प्रचण्डको घोषणा

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 888
    SHARES

    काठमाडौं । राष्ट्रिय सभागृहमा जारी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन् ।

    प्रज्ञाभवनमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले स्थानीय तह निर्वाचनमा पार्टीभित्रैबाट अन्तर्घात देखिएको भन्दै यो गम्भीर विषय भएको बताए ।



    माओवादीलाई हराउन गठबन्धनकै दलहरु लागिपरेको भन्दै प्रचण्डले माओवादी बलियो भएको ठाउँमा अन्य दलले खेलेको र कमजोर भएको ठाउँमा कुनै सहयोग नभएको बताए ।



    नेकपा माओवादी केन्द्रले पार्टीभित्रैबाट भएको अन्तर्घात र गठबन्धनका कारण स्थानिय तह निर्वाचनमा लक्ष्यअनुसार नतिजा आउन नसकेको निष्कर्ष निकालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार