Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवा भन्छन् - निजगढ अन्तराष्ट्र्रिय विमानस्थल गठबन्धनकै पालामा

बारा । अन्तराष्ट्र्रिय विमानस्थल पाँच दलिय गठबन्धन सरकारकै पालामा बन्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

शनिवार बाराको निजगढमा पाँच दलका अध्यक्षद्धयले निरिक्षण गर्न आएको बेला प्रधानमन्त्री देउवाले आफ्नै सरकार भएको बेलामा निजगढ अन्तराष्ट्रिय विमानस्थल बन्ने बताएका हुन् ।

त्यस्तै पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले विमानस्थालमा दुई वटा रनवे सञ्चालनमा आउने योजना सुनाए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टाँगियाबस्तीमा निर्माण हुन गईरहेको अन्तराष्ट्रिय विमानस्थल निर्माणमा सबैले आआफना ठाउँबाट सहयोग गरि योजना यथासिघ्र सम्पन्न गर्न सहयोग गर्न अपिल गरे ।

सोही कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अन्तराष्र्टिय विमानस्थल निजगढमा बन्न सर्वोच्च अदालतको पूर्ण पाठले निर्माणको बाटो खोलाएकोले विमानस्थल निर्माण गर्न सबै एक जुट हुनुपर्ने बताए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077