Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टेकु ट्रान्सफर स्टेसनमा फोहोर छोपेर राख्न मेयर वालेन्द्र साहको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक गल्लीमा थुप्रिएको फोहोर केही समय टेकु ट्रान्सफर स्टेसनमा छोपेर राखिने भएको छ । कामपाका मेयर वालेन्द्र साहले सबै वडालाई नियमित रुपमा फोहोर संकलन गरी टेकु ट्रान्सफर स्टेसनमा राख्न निर्देशन दिएका हुन् ।

वातावरण व्यवस्थापन विभागले नियमित फोहोर संकलन गरी ट्रान्सफर स्टेशनमा ल्याउने व्यवस्था गरिसकेको छ । विभागका एक अधिकारीका अनुसार लगातार फोहोर आउने क्रमसंगै छोप्ने काम शुरु गरिनेछ ।

फोहोरलाई छोपेर राख्ने विषयमा कसैलाई जानकारी नदिएको बताउँदै ती कर्मचारीले भने– ‘एक सातादेखि ल्यान्डफिल साइटमा फोहोर नगएपछि मेयर साहले गोप्य रुपमा फोहोरलाई छोप्न निर्देशन दिनुभएको हो ।’

उनका अनुसार फोहोरलाई गन्ध नआउने केमिकल प्रयोग गरी ट्रान्सफर स्टेशनमा राखिने र ल्यान्डफिल साइट जाने बाटो खुल्नासाथ ट्रान्सफर स्टेशनबाट बञ्चरेडाँडा ल्यान्डफिल साइट लैजाने तयारी भएको छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077