Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । महाधिवेशन सम्पन्न भएपछि पटक(पटक केन्द्रीय समितिको बैठक सर्दै आएको थियो ।

पार्टी कार्यालयमा बस्ने केन्द्रीय समितिको बैठकमा संगठनसम्बन्धी प्रमुख कार्यसूची रहेको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।

केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविधाजन पनि आजको बैठकको कार्यसूचीमा रहेको सचिव ढकालले जानकारी दिएका छन् ।

बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077