Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धान रोप्ने क्रममा चट्याङ लागेर किशोरीको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा शनिबार चट्याङ लागेर एक किशोरीको ज्यान गएको छ।

शिवराज नगरपालिका–२ बालापुरका १९ वर्षीय सुशीला थारूको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले बताए ।

बिहान खेतमा धान रोप्न गएकी थारू चट्याङ लागेर घाइते भएकी थिइन् ।

उपचारका लागि चन्द्रौटामा रहेको सञ्जीवनी अस्पतालमा लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077