Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

त्रिशुली नदीले बगाउँदा आमाछोरा बेपत्ता, खोजी कार्य जारी

नुवाकोट । त्रिशूली नदीले बगाएर आमाछोरा बेपत्ता भएका छन् ।

जिल्लाको बिदुर नगरपालिका-३ ढोडेनी घर भएका स्थानीय पूर्णलाल श्रेष्ठको छोरा र उनकी श्रीमती बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ७ वर्षिय युनिक श्रेष्ठ नदी किनारमा खेल्ने क्रममा त्रिशुली नदीले बगाएसँगै उनलाई बचाउन गएकी नजिकै काम गरिरहेकी आमा ३२ वर्षिय सन्जिता श्रेष्ठलाईसमेत त्रिशुलीले बगाएको हो ।

उनीहरुको अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विपत ब्यवस्थापन वेसक्याम्प नुवाकोटको टोली उक्त नदीमा पुगेर खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077