Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • नेपालमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था हुनुपर्छ : कमल थापा

    नेपालमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था हुनुपर्छ : कमल थापा

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 942
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

    शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय संयोजित संगठनहरुको भेलालाई सम्बोधन गर्दै थापाले यस्तो माग गरेका हुन् ।



    गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गरेको आरोप उनले यस किसिमका विकृति र विसंगतिलाई हटाउन प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था हुनुपर्ने माग गरे ।



    यस्तै उनले मन्त्री हुनका लागि सांसद हुनु अनिवार्य नहुने र दुईपटक भन्दा बढी एउटै व्यक्ति प्रधानमन्त्री हुन नपाउने व्यवस्था लागू हुनुपर्ने बताए । उनले सर्वोच्चको परामादेशबाट गठन भएको गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार