Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लोकतान्त्रिक समाजवादी नेपालको कार्यकारिणी समितिको बैठक सुरु

काठमाडौं । लोकतान्त्रिक समाजवादी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा संगठन निर्माण र पार्टी विधान लगायतका विषयमा छलफल हुने बताइएको छ ।

स्थानीय चुनावको समीक्षा र अगामी संघ तथा प्रदेशको चुनावको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । लोसपाले यस अघिनै अगामी चुनावमा गठबन्धन बनाएर जाने निर्णय गरिसकेको छ ।

जनता समाजवादी पार्टी विभाजनको संघारमा रहेको र पार्टी विभाजन भएपछि कुन पक्षसँग गठबन्धन वा एकता गर्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले लोसपासँग एकताका लागि छुट्टाछुट्टै प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077