Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गिरिजाप्रसाद कोइरालाको नाममा विश्वविद्यालय खोल्नुपर्छ : मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका छन्। शनिबार स्व. नेता गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका हुन्।

उनले अरू नेताहरूको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व.नेता कोइराला आदर्श र मूल्यमान्यताको प्रतीक भएकोले उनको नाममा जी.पी.कोइराला विश्व विद्यालयको स्थापना आवश्यक रहेको बताए ।

मन्त्री बडूले उत्कृष्ट विश्वविद्यालयको रूपमा आफूलाई स्थापित गर्ने उद्देश्यकारसाथ विश्व विद्यालय स्थापना हुनुपर्ने बताए। उनले जी.पी. कोइराला विश्व विद्यालय स्थापनार्थ सरकार सहयोग गर्न तयार रहेको उद्घोषसमेत गरेका छन् ।

मन्त्री बडूले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा नै काठमाडौं विश्व विद्यालयको रूपमा पहिलो विश्व विद्यालय स्थापना गरेको र बहु विश्व विद्यालयको नीति अन्तर्गत खोलेका विश्व विद्यालयले आफ्नो प्रतिस्पर्धा परिणाममा देखाइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077