Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पाँचथर पहिरो अपडेट : हराइरहेका तीनै जनाको शव भेटियो

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–७ मा पहिरोमा बेपत्ता भएका तीनै जनाको शव भेटिएको छ ।

शुक्रबार राति साढे १० बजे पहिरोले घर र गोठ पुर्दा एकै परिवारका तीनजना बेपत्ता भएका थिए ।

प्रहरीका अनुसार पहिरोमा बेपत्ता भएका ४२ वर्षीय रुपलाल मगर, उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसाको शव फेला परेको हो ।

गएराति गएको पहिरोले फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलालको घर बगाएको थियो । घर बगाउँदा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने उछिट्टिएर बाँच्न सफल भएका थिए ।

पहिरोले ढुङ्गा, माटोले बनेको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077