Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पाँचथरमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजना बेपत्ता

पाँचथर । पाँचथरको फालेलुङ गाउँपाकिा–७ मा पहिरोले घर पुरिँदा तीनजना बेपत्ता भएका छन् ।

अविरल वर्षापछि माथिबाट खसेको पहिरोले घर पुर्दा दलबहादुर मगरको परिवारका तीनजना सदस्य बेपत्ता भएका हुन् ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेका अनुसार पहिरोमा दलबहादुरका ४२ वर्षीय छोरा दलप्रसाद, ३८ वर्षीया बुहारी गोमा र १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता भएका छन् ।

दलबहादुरलाई भने स्थानीयले तत्कालै उद्धार गरेका थिए । स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बेपत्ताहरूको खोजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077