Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शेखर पक्षीय भेलाको निष्कर्ष - देउवा कांग्रेसको नभई गठबन्धनको सभापति

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षीय भेलाले सभापति शेरबहादुर देउवा पार्टीको नभई गठबन्धनको सभापति भएको निष्कर्ष निकालेको छ ।

शुक्रबार सकिएको कोइराला पक्षीय बैठकले सभापति देउवाले नेपाली कांग्रेसका नेता र कार्यकर्तालाई समेट्न नसकेको निष्कर्ष निकालेको हो ।

बैठकमा सरकार सञ्चालन, गठबन्धन, पार्टीको आगामी कार्यदिशा, आगामी निर्वाचन र परराष्ट्रनीतिका बारेमा सरकारले बनाइरहेको धारणा लगायतका विषयमाथि छलफल भएको केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले जानकारी दिए ।

'बजेट बनाउनेदेखि पछिल्ला चरणमा चरमरूपमा आर्थिक सुशासनको खिल्ली उडाइएको छ । व्यापकरूपमा नीतिगत भ्रष्टाचार गरिएको छ । यसलाई जतिसक्दो चाँडो रोक्नुपर्छ,' उनले भने ।

यस्तै सरकारले आफूले गरेका वाचाअनुसार जनतालाई राहत दिन नसकेको, सुशासन सम्बन्धी गरेका राजनीतिक प्रतिवद्धता पूरा गर्न नसकेको निष्कर्ष पनि शेखर समूहले निकालेको छ ।

बैठकले हरेक प्रदेश र पालिकामा कांग्रेसलाई बलियो बनाउने र पार्टी विधानअनुसार चल्ने कुरामा पनि जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077