Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राताम्मे शेयर बजार, ८ अंकले ओरालो लाग्यो नेप्से

काठमाडौं । शुक्रबार शेयरबजार ओरालो लागेको छ ।

बिहीबार ७४.९३ अंकले बढेर २०३७.६४ को बिन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक आज फेरी ८.८७ अंकले घट्न पुगेको छ ।

नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३६ लाख ६३ हजार २२० कित्ता शेयर खरिदबिक्री हुँँदा १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका १३ उपसमूहमा फाइनान्स, माइक्रोफाइनान्स र ब्यापार उपसमूहको सूचक सकारात्मक देखिएका छन भने बाँकी १० उपसमूहको सूचक नकारात्मक देखिएको छ। यस दिन विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै १।३९ प्रतिशतले घटेको छ।

आज सबैभन्दा धेरै आँधिखोला लघुवित्त र सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । ।

शिवम् सिमेन्टस्को सबैभन्दा धेरै ५ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077