Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जसपा विवाद : बाबुराम भट्टराई पक्ष छुट्टै बैठकको तयारीमा

काठमाडौं । सहमतिमै विभाजनको तयारीमा रहेको जनता समाजवादी पार्टी नेपालमा देखिएको विवादबारे समीक्षा गर्न अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले आन्तरिक छलफलमा लागेका छन् ।

पार्टीभित्र अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.भट्टराई पक्षले आ–आफ्नो रणनीति बनाइरहेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले असार २७ र २८ गते केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

वीरगञ्जमा हुने बैठकको तयारीका लागि अध्यक्ष यादव पक्ष अनौपचारिक छलफल गरिरहेको छ । अध्यक्ष उपेन्द्र यादवले डा। भट्टराई पक्षलाई बैठकबारे जानकारी नै नगराएको बताइन्छ ।

आफूहरुसँग कुनै सल्लाह नै नगरिएको भन्दै भट्टराई पक्षले विकल्पको खोजीमा आन्तरिक छलफल थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077