Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने जसपाको तयारी

काठमाडौं । सहमतिमै विभाजनको तयारी भएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गर्ने भएका छन् । बाबुराम भट्टराईतिर जान लागेका सांसदलाई समेत समेटेर उनले नयाँ मन्त्रीहरू सरकारमा पठाउन लागेका हुन् ।

मन्त्रीहरुलाई फिर्ता बोलाइए पनि नयाँ मन्त्रीको नाम भने तय भइनसकेको जसपाले जनाएको छ। अध्यक्ष उपेन्द्र यादवले मन्त्री पठाउने र फिर्ता बोलाउने अख्तियारी पाएसँगै मन्त्री हेरफेर गर्न लागेका हुन् ।

हाल सरकारमा जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव छन् ।

यसअघि सत्ता गठबन्धनको अर्को घटक एकीकृत समाजवादीको तर्फबाट मन्त्री बनेकाहरुलाई हेरफेर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077