Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डलाई भेट्न एकाबिहानै खुमलटार पुगे राजेश हमाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा भेटवार्ता भएको हो । भेटवार्ता करिब आधा घण्टा भएको थियो ।

भेटमा समसामयिक देशको राजनीति, श्रीलङ्काको राजनीति, नेपाली चलचित्र क्षेत्रका समस्या र अन्य गतिविधिका विषयमा छलफल भएको बताइएको छ ।

चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधूप चलिरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ । पछिल्लो समय राजेश हमाल माओवादीमा प्रवेश गर्न लागेको चर्चा व्यापक थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077