Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, यी हुन् एजेन्डा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।

बैठक आउँदो साउन ५ र ६ गते काठमाडौंमा बस्नेगरि बोलाइएको हो ।

यसअघि असारको पहिलो साता बस्ने भनिएको बैठक विशेष कारणवश स्थगित भएको थियो।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यनीति, निकट भविष्यमा हुने प्रदेश र संघको निर्वाचनका लागि आवश्यक तयारी, उमेदवार छनोटको मापदण्ड, सांगठनिक अवस्था र संगठन सुदृढीकरण, आर्थिक लगायत समग्र पक्षमा छलफल हुने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077