Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घुससहित रंगेहात पक्राउ परे गोरखा जिल्ला अदालतका कर्मचारी

गोरखा । गोरखामा जिल्ला अदालतका एक कर्मचारी (तहसिलदार) घुससहित पक्राउ परेका छन् ।

जिल्ला अदालत गोरखाका तहसिलदार रामचन्द्र केसी १५ हजार घुससहित अदालत नजिकै एक होटलबाट पक्राउ परेका हुन् ।

उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले पक्राउ गरेको हो ।

काम मिलाइदिने भन्दै सेवाग्राहीसँग केसीले घुस लिएको आरोप छ । उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनलाई बिहीबार बेलुकी नै पोखरा लगिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077