Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेको आरोपमा १३ नेपाली पक्राउ

काठमाडौं । दक्षिण कोरियामा १३ जना नेपाली पक्राउ परेका छन् ।

अवैध रुपमा काम गरिरहेका उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोप छ ।

सुवन अध्यागमन कार्यालयका अनुसार पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको अध्यागमन कार्यालयले जनाएको छ ।

नौ जना बसाइँ अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन् ।

भने चार जना नेपालीहरु कृषि तथा माछा पालन मौसमी काम (इ–८) को रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077