Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखरीमा डुबेर एक बालकको मृत्यु

झापा । दक्षिणी झापाको कचनकवलमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

बालुवा माटो निकालेर त्यतिकै छाडेको पोखरीमा डुबेर कचनकवल गाउँपालिका–४ स्थित झोडाका रेजन लिम्बूको मृत्यु भएको हो ।

घरदेखि ५० मिटर पश्चिम चिया बगाननजिकै २० फिटभन्दा गहिरो खनेर बनाइएको पोखरीमा बर्खाको पानी जमेको थियो। सोही पोखरीमा नुहाउने क्रममा बालक रेजनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

रेजनसँगै उनका बहिनीहरू पनि पोखरीमा नुहाउन गएका थिए । शवलाई पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077