Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोइराला समूह भन्छ - पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन भएन

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले पार्टीलाई विधान र विधिसम्मत ढंगले सञ्चालन गर्न नसकेको आरोप लगाएको छ ।

काठमाडौंको बत्तीसपुतलीमा बिहीबार बसेको कोइराला समूहको बैठकमा बोल्ने अधिकांश नेताहरूले यस्तो आरोप लगाएका हुन् । बैठकमा सहभागी नेताहरूले सभापति देउवाले पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेर काम गरेको आरोप लगाएका हुन् ।

बैठकमा बोल्ने अधिकांश नेताहरूले १४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको बताए । स्थानीय तह निर्वाचनको लामो समयसम्म पनि पार्टी सभापतिले केन्द्रीय कार्यसमितिको बैठक नराखेको भन्दै नेता कोइरालाले आफूपक्षीय नेताहरूको छुट्टै बैठक राखेका थिए ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी र सरकारका काम कारबाहीका विषयमा छलफल भइरहेको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै केन्द्रीय सदस्य चन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार बैठकमा ‘कन्स्ट्रक्टिभ विद्रोह’को कुरा समेत उठेको छ ।

बैठकमा नेता कोइरालासहित पार्टीको केन्द्रीय समितिका कोइराला पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरू सहभागी छन् । दिउँसो २ बजे पुनः बस्ने गरी बिहीबारको बैठक स्थगित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077