एजेन्सी । भारतको महाराष्ट्रमा शिवसेनाका बागी नेता एकनाथ शिन्दे मुख्यमन्त्री बन्ने भएका छन् । पूर्व मुख्यमन्त्री तथा भारतीय जनता पार्टी बीजेपीका नेता देवेन्द्र फडणवीसले शिन्दे मुख्यमन्त्री बन्ने र आफूहरुले समर्थन गर्ने घोषणा गरेका हुन् ।
फडणवीससँगको संयुक्त पत्रकार सम्मेलनमा शिन्देले महाराष्ट्रको विकासका लागि बीजेपीसँग हातेमालो गरेको बताए । उनले भने, ‘म मन्त्री थिएँ, मलाई कुनै समस्या थिएन, तर जब जनताले मसँग आएर महाराष्ट्रको बारेमा चिन्ता जनाए त्यसपछि मैले यो निर्णय गर्नु पर्यो ।’
वीजेपीले ठूलो दल भएर पनि आफूलाई मौका दिएको भन्दै शिन्देले वीजेपीको प्रसंशा गरेका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित साहलाई धन्यवाद पनि दिएका छन् ।
उनले शिव सेनाका नेता निवर्तमान मुख्यमन्त्री उद्धव ठाकरेलाई समस्या बताउन चाहे पनि सफल नभएको बताए ।