Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बढुवा भएका सशस्त्रका एसपीहरुलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले डिएसपीबाट बढुवा भएका एसपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा बिहीवार आयोजित एक समारोहमा आईजीपी अर्यालले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को असार १३ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका ३७ जना र गृह मन्त्रालय (सचिवस्तरको) असार १४ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, प्राविधिक समूह, संचार तथा इन्जिनियरिङतर्फका २ जना गरी ३९ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरू सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएको थिए ।

समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले पदोन्नति भएका सशस्त्र प्रहरी उपरीक्षकहरूलाई बधाई तथा कार्य सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077