Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवाले बोलाए केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

बैठक असार २७ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा भनिएको छ 'नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७९ असार २७ गते सोमबारका दिन दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भएको छ,' , 'उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ।'

केन्द्रीय कार्यसमितिको बैठकमा स्थानीय तह निर्वाचन - २०७९ को समीक्षा हुने सूचनामा उल्लेख छ। स्थानीय तहको निर्वाचनमा कांग्रेस यसपटक पहिलो पार्टी बनेको छ। महानगर र उपमहानगरमा कांग्रेसले पाँच दलसँग गठबन्धन गरेर चुनावमा सहभागी भएको थियो।



 




 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077