Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस नेता कोइराला समुहको बैठक आज बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समुहको बैठक आज बस्दै छ । दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा कोइराला पक्षको बैठक बस्न लागेको हो ।

भेलामा मुख्यगरी तीन विषयमाथि छलफल गर्ने तयारी गरिएको बताइएको छ । पार्टीको आन्तरिक जीवन, समसामयिक राजनीति र देशको आर्थिक अवस्थाबारे छलफल गरी धारणा तय गरिने छ ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टी गतिविधि र सरकारका कामकारबाहीलाई सँगसँगै लैजान नसकेको भन्दै आलोचना भइरहेको छ । साथै सभापति देउवाले विधानअनुसार गठन गर्नुपर्ने विभाग तथा समितिहरूलाई पूर्णता दिएका छैनन्।

गत मंसिरमा कांग्रेसको १४ औं महाधिवेशन भएको थियो । विधानअनुसार छ महिनाभित्र कोषाध्यक्ष, केन्द्रीय समिति, कार्यसम्पादन, संसदीय समिति र विभाग गठन गरिनुपर्नेमा कुनै पनि कामलाई सभापति देउवाले पूर्णता दिन नसकेपछि आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077