Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • विधि र विधानअनुसार नचलेको भन्दै देउवाविरुद्ध उत्रिँदै शेखर समूह

    विधि र विधानअनुसार नचलेको भन्दै देउवाविरुद्ध उत्रिँदै शेखर समूह

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 855
    SHARES

    काठमाडौं । महाधिवेशन सकिएको ६ महिना बितेलगत्तै नेपाली कांग्रेसभित्रको डा. शेखर कोइराला नेतृत्वको समूह सभापति शेरबहादुर देउवाविरुद्ध उत्रने तयारीमा जुटेको छ ।

    अघिल्लो कार्यकालमा जस्तै महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत सभापति देउवा विधि र विधानअनुसार नचलेको भन्दै कोइराला समूह उनीविरुद्धको अघि बढ्ने भएको हो ।



    ‘महाधिवेशन सम्पन्न भएको ६ महिना बित्यो, महाधिवेशनबाट उहाँलाई नेता चुनियो तर पार्टीको नीति महाधिवेशनमा उहाँको चासो देखिएन, फेरि पनि विधि र विधान उल्लंघन सुरु भएकाले हामी रणनीति बनाउनेगरी अघि बढ्न बाध्य हुने अवस्थामा पुग्यौं,’ कोइराला समूहबाट पदाधिकारी रहेका एक नेताले भने ।



    पछिल्लो समय पार्टीको नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठान, नेपाल किसान संघ र आदिवासी जनजाति संघको नेतृत्वमासमेत आफू निकटकै नेतालाई नेतृत्व सुम्पिएपछि कोइराला समूह सभापति देउवासँग असन्तुष्ट छ ।

    यसैगरी, पार्टी विधानअनुसार विभाग तथा समितिहरू गठन गर्नेतर्फ पनि देउवाले आफ्नो पक्षलाई छलफलमा नै सहभागी नगराएर मनोमानी गर्न खोजेको कोइराला समूहको आरोप छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार