Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • महँगी नियन्त्रण गर्न देशव्यापी बजार अनुगमन गर्ने सरकारको तयारी

    महँगी नियन्त्रण गर्न देशव्यापी बजार अनुगमन गर्ने सरकारको तयारी

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । महँगी नियन्त्रणका लागि सरकारले देशव्यापी बजार अनुगमन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफ्नो संरचना प्रयोग गरेर देशव्यापी रूपमा बजार महँगी र कालोबजारी सम्बन्धी अनुगमन गर्ने भएको हो ।

    बुधवार वाणिज्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री दिलेन्द्रप्रसाद बडूले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्न लागेको जानकारी दिएका हुन् । उनले सरकारले संघ, प्रदेश, जिल्ला प्रशासन र स्थानीय तहका सबै संयन्त्र परिचालन गरेर बजार अनुगमन प्रभावकारी बनाउने दाबी गरे ।



    मन्त्री बडूले इन्धनको एक्कासी मूल्य बढेपछि खाद्यान्न, औषधि र सेवाको मूल्यमा गरिएको मूल्यवृद्धि घटाउन र उपभोक्तालाई राहत दिन देशभर एकैसाथ एउटै समयमा अनुगमन गर्ने तयारी गरेको बताए ।



    उनले देशव्यापी बजार अनुगमन गर्न र मूल्य नियन्त्रण गर्न अनुगमन तथा निरीक्षण अधिकृत तोक्न जिल्ला प्रसासन र स्थानीय तहलाई पत्राचार गरिसकिएको पनि बताइन् । इन्धनको मूल्य उच्चरुपमा बढ्दै गएसँगै आकाशीएको बजार मूल्य नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

    मन्त्री बडूले नेपाल आयल निगमको कर नघटाइकन मूल्य घटाएको भन्ने प्रश्नको जवाफ दिँदै अर्थ मन्त्रालयले शोधभर्ना दिने भएकाले मूल्य घटाएको जनाए । उनले कर घटाउने र कर बढाउने कुरा अर्थ मन्त्रालयको जिम्मेवारीभित्र रहेको उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार