Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठेखोला गाउँपालिकाका तत्कालीन अधिकृत सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । बाग्लुङ काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर वि.क. सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत खिम बहादुर वि.क. तत्कालीन सब-इञ्जिनियर नवीन थापा असिस्टेन्ट सव-इञ्जिनियर सनोज उपाध्याय, उपभोक्ता समितिका अध्यक्ष अम्मर बहादुर गुरुङ, सचिव चेलीमाया थापा र कोषाध्यक्ष गगन बहादुर कार्कीविरुद्ध बुधबार बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

उनीहरुले नालढुङ्गा (घुँडेखोला) खानेपानी योजनामा नापी किताब अनुसारको पाइप प्रयोग नगरेको, एक्लेखेतघाट ह्यूमपाईप आयोजनामा कमसल सामग्री प्रयोग गरेको अख्तियारले जनाएको छ ।

उनीहरुबाट २ लाख ३९ हजार २ सय बिगो मागदावी गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077