Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चट्याङ लागेर एकैदिन ७ जनाको मृत्यु

काठमाडौं । मंगलबार एकैदिन चट्याङ लागेर देशभरि ७ जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार १४ गते एकैदिन चट्याङ लागेर ७ जनाको मृत्यु भएको हो।

रूपन्देही, नवलपरासी पश्चिम, बाग्लुङ, बाँके, पर्सा, धादिङ र कैलालीमा तीन पुरूष, दुई महिला र दुई बालकको मृत्यु भएको हो।

वैशाख यता भएका विभिन्न प्राकृतिक विपत्तीमा परी अहिलेसम्म ९५ जनाको मृत्यु भएको र एक जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077