Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सप्तकोशीमा पानीको बहाव प्रतिघण्टा १ लाख ४१ हजार क्युसेक पुग्यो,१९ वटा ढोका खोलिए

सुनसरी । सप्तकोशीमा पानीको बहाव हिजो भन्दा बढेपछि कोशी ब्यारेजको ५२ वटा ढोका मध्ये १९ वटा ढोका खोलिए छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हिजो साँझसम्ममा प्रतिघण्टा १ लाख २५ हजार क्युसेक पानी मापन गरिएको थियो ।

अहिले बिहान ८ बजेको मापन अनुसार पानीको बहाव बढेर १ लाख ४१ हजार ७ सय २५ पुगेको प्रहरीले जनाएको छ ।

मंगलबारदेखि लगातार परेको बाढीका कारण प्रदेश १ को झापा र मोरङ बढी प्रभावित भएको छ । झापाको कन्काई, माइ र बिरिङ खोलामा आएको बाढीका कारण केही वस्तीलाई अलर्ट गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077