Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • सप्तकोशीमा पानीको बहाव प्रतिघण्टा १ लाख ४१ हजार क्युसेक पुग्यो,१९ वटा ढोका खोलिए

    सप्तकोशीमा पानीको बहाव प्रतिघण्टा १ लाख ४१ हजार क्युसेक पुग्यो,१९ वटा ढोका खोलिए

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 927
    SHARES

    फाइल तस्विर

    सुनसरी । सप्तकोशीमा पानीको बहाव हिजो भन्दा बढेपछि कोशी ब्यारेजको ५२ वटा ढोका मध्ये १९ वटा ढोका खोलिए छन् ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हिजो साँझसम्ममा प्रतिघण्टा १ लाख २५ हजार क्युसेक पानी मापन गरिएको थियो ।



    अहिले बिहान ८ बजेको मापन अनुसार पानीको बहाव बढेर १ लाख ४१ हजार ७ सय २५ पुगेको प्रहरीले जनाएको छ ।



    मंगलबारदेखि लगातार परेको बाढीका कारण प्रदेश १ को झापा र मोरङ बढी प्रभावित भएको छ । झापाको कन्काई, माइ र बिरिङ खोलामा आएको बाढीका कारण केही वस्तीलाई अलर्ट गराइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार