Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । मंगलबार साँझ शीतलनिवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

राष्ट्रपति भण्डारीसँग नियमित भेटघाटका लागि देउवा शीतल निवास पुगेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच दुई घण्टा छलफल भएको थियो ।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई सरकारका कामकारबाहीका बारेमा जानकारी गराएका थिए । राष्ट्रपति भण्डारीले जनसरोकार र राष्ट्रियतासँग सम्बन्धित विविध विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् ।

यस्तै राष्ट्रपति भण्डारीले खेतीको समयमा किसानहरूले भोग्दै आएको मल तथा बिउबिजनको समस्या समाधानका लागि दीर्घकालिन उपाय खोज्न सरकारसँग आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077