Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सम्झौता विपरीत २ लाख ६१ हजार हिनामिना, प्रशासकीय अधिकृत सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार बिशेष अदालत, काठमाडौंमा  अधिकृत नेपाल सहित इञ्जिनीयर लवकुश चाई र सब इञ्जिनियर सन्तोष भुसाल, उपभोक्ता समितिका अध्यक्ष गजराज यादव र सचिव धर्मराज खरविन्दविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरुले ओमसतिया गाउँपालिका वडा नं. ४ मटेरिया गाउँको मुख्य सडक पी.सी.सी. निर्माण कार्य गर्दा सम्झौता अनुसार काम नगरी २ लाख ६१ हजार रकम हिनामिना गरेको अख्तियारले जनाएको छ ।

यादव र खरविन्दले सडक ढलान गर्ने फिल्डमा भएको कम कामको बढी मूल्याङ्‍कन गराई सम्झौता विपरीत भुक्तानीलिएको बताइएको छ ।

उनीहरुलाई २ लाख ६१ हजार ८ सय ५५ रुपैयाँ बिगो मागदावी गरी मंगलबार बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077