Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शंकर मा.विका प्रधानाध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । शंकर माध्यमिक विद्यालय थपवा, बाँकेका प्रधानाध्यापक मुहम्मद युनुस खाँ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार खाँ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनले छात्रवृत्तिको लागि प्राप्त रकममा, कम्प्यूटर खरिद, भवन निर्माण र शौचालय निर्माण कार्यमा तथा विद्यालयको आन्तरिक स्रोत समेतको दुरुपयोग गरेको अख्तियारले जनाएको छ ।

खाँविरुद्ध ३ लाख दुई हजार बिगो माग दावी गरी बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077