Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गर्ने तिमल्सिना पक्राउ

काठमाडौं । शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर ईकुडोल बस्ने ५३ बर्षीय माधव प्रसाद तिमल्सिना रहेका छन् ।

उनले नेपाल सरकार भूमि व्यबस्था, सहकारी तथा गरिबी निवाराण मन्त्रालय अन्तर्गत राष्ट्रिय सहकारी विकास वोर्डको संचालक पदमा नियुक्तिको लागि ट्रान्स्कृप्ट कीर्ते गरी वोर्डमा पेश गरेका थिए ।

उनलाई मंगलबार ललितपुरको थसीखेलबाट पक्राउ गरी जिल्ला अदालत काठमाण्डौंबाट ५ दिन म्याद थप गरी अनुसन्धान भईरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077