Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कञ्चनपुरमा चट्याङ लागेर दुईजनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान पानीसँगै परेको चट्याङ लागेर पुनर्वास नगरपालिका वडा नम्बर ६ टाउन बजार बस्ने ४० वर्षीय देवेन्द्र श्रेष्ठ र पुनर्वास नगरपालिका वडा नम्बर ८ पिकनिक स्पोट बस्ने २५ वर्षीया शारदा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै जना आआफ्नै खेतबारीमा काम गरिरहेको अवस्थामा उक्त घटना भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए ।

प्रहरीका अनुसार मृतक थापासँगै रहेका अर्का एक व्यक्तिसमेत सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077