Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • नेकपा एसको प्रथम केन्द्रीय परिषद् बैठक आज सम्पन्न हुँदै, नेपालको प्रतिवेदनमाथि छलफल हुने

    नेकपा एसको प्रथम केन्द्रीय परिषद् बैठक आज सम्पन्न हुँदै, नेपालको प्रतिवेदनमाथि छलफल हुने

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 948
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को प्रथम केन्द्रीय परिषद् बैठक आज सम्पन्न हुने भएको छ । बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल तथा परिमार्जन सहित पारित हुनेछ ।

    देशभरबाट करिब एक हजार ५०० सहभागी केन्द्रीय परिषद्मा छलफल भएपछि उक्त प्रतिवेदन परिमार्जनसहित आज पारित गरिन लागेको हो ।



    यसअघि सोमवार बसेको बैठकमा अध्यक्ष नेपालको ३४ पृष्ठ लामो प्रतिवेदनलाई १२ बुँदामा प्रस्तुत गरिएको थियो । अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि आगामी कार्य योजनासम्म समेटिएका छन् ।



    प्रतिवेदनमा वर्तमान राजनीतिक शक्तिलाई ‘दक्षिणपन्थी अवसरवादी र वाम–लोकतान्त्रिक’ गरी दुई धारमा व्याख्या गरिएको छ। प्रतिवेदनमा वर्तमान वाम–लोकतान्त्रिक गठबन्धनको औचित्य र आवश्यकताबारे व्याख्या गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार