Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डले कार्यकर्तालाई भने - कात्तिक अन्तिम साता चुनाव हुन्छ, तयारीमा जुट्नुहोस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिको अन्तिम साता र मंसिरको पहिलो हप्ता आम चुनाव हुने बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । चुनावको तयारीमा लाग्न निर्देशन दिँदै उनले परिवर्तनकारी शक्ति जित्नुपर्नेमा जोड दिए ।

यो राष्ट्रिय आवश्यकता भएको उनको भनाइ छ । यस्तै स्थानीय तह निर्वाचनमा जसले जति सीट ल्याए पनि राजनीतिक जित माओवादीकै भएको उनले बताए ।

अब प्रदेश र संघमा सीट जिताएर हामीले भौतिक जित हासिल गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077