Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमन्त्री खाँणले भने - एसपीपीमा आबद्ध नहुने निर्णय अमेरिकालाई पठाएका छौ

काठमाडौं । गृह मन्त्री बालकृष्ण खाँणले अमेरिकालाई स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा आबद्ध नहुने जानकारीसहितको पत्र पठाएको बताएका छन् ।

रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट संघीय संसद् राष्ट्रिय सभामा जवाफ दिँदै गृहमन्त्री खाँणले एसपिपी अघि नबढाउन सरकारले गरेको निर्णय परराष्ट्र मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिए।

अमेरिकी र नेपाली सेनाको बीचमा सहयोग आदानप्रदानको सन्दर्भमा स्टेट पार्टनरशिप प्रोग्राम अब के हुन्छ भनेर गम्भीरतापूर्वक छलफल र बहस भएपछि मन्त्रिपरिषद्ले नै अगाडि बढाइने छैन भन्ने निर्णय गरेपछि त्यो निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरीकालाई पठाइएको खाँणले बताए ।

यही असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077