Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जन्म र लिङ्गका आधारमा गरिने विभेद नहटेसम्म समाजवाद असम्भव : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले जन्मका र लिङ्गका आधारमा विभेद रहेसम्म समाजवाद सम्भव नहुने बताएका छन् ।

सोमबार ‘नेपालमा समाजवाद स् चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा उनले जन्म र लिङ्गका आधारमा हुने विभेदका अन्त्य नभएसम्म समाजवादको कल्पना समेत गर्न नसकिने बताए ।

‘यी विभेदहरु जवसम्म अन्त्य हुदैन तवसम्म समाजवादको कल्पना गर्न सकिदैन’, यादवले भने, ‘त्यसमा ध्यान दिनुपर्छ । यसमा विगतमा भएका असमानता सच्याउनुपर्छ । वर्गीय विभेद, जात र कल्चर डिस्क्रेप्सन समाजवादको बाधा हो ।’

उनले कम्युनिस्ट हुँदैमा पनि समाजवाद आउन सम्भव नहुने बताए । उनले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई उपलब्धिका रुपमा लिन सकिएपनि व्यवहारमा कार्यान्वयन गर्न नसकिएको बताए ।

‘अहिले हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र नै कमजोर अवस्थामा छ । कुनबेला जाने हो की भन्ने खतरा हुन्छ । अस्ति त झण्डै गएको, बल्लबल्ल जोगाएको फेरि भोली के हुने हो ठेगान छैन’, उनले समाजवादको राजनीतिक, समाजिक, आर्थिक र पर्यावरणीय सेयर सवैले पाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077